टिपरको ठक्करबाट एक जनाको मृत्यु, तीन जना घाइते

महोत्तरीको बर्दीबास–५ टुटेश्वर जंगलमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

शुक्रबार राति ना ४ त ६८२३ नम्बरको ट्याक्टरलाई ना ८ ख ३१६ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएपछि सर्लाही ईश्वरपुर–१२ निवासी ३७ वर्षीय सन्तोष मगरातीको घटनास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बर्दीबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार, ठक्करबाट महोत्तरी बर्दीबास–७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाही ईश्वरपुर–१२ का १७ वर्षीय रविन मिरिङचिङ र ४४ वर्षीय डम्बरबहादुर मगर घाइते भएका छन्।

घाइतेहरूलाई तत्काल बर्दीबासस्थित शुभस्वास्तिक अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरूको टाउको, छाती र कम्मरमा चोट लागेको बताइएको छ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र तिनका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post