बसमा चढ्ने क्रममा बसबाट खसेर एक जनाको गयो ज्यान

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-९ खैरेनीमा शनिबार दिउँसो बस चढ्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। त्रिबेणीबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ३६६३ नं.को बसमा चढ्ने क्रममा ३४ वर्षीय जगदीश थारु लडेर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराका अनुसार, घाइते थारुको प्रारम्भिक उपचार स्थानीय मेडिकलमा गरिएपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज, रुपन्देहीमा रिफर गरिएको थियो। अपराह्न ४ बजे उपचारका क्रममा उनको मृत्यु भएको हो।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ भने शवलाई पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल पठाइएको छ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post