थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने ५ व्यवसायहरू, जोकोहीले गर्न सक्छन् यी काम

हातमा सीप र राम्रा योजनाहरू हुँदाहुँदै पनि धेरैले पर्याप्त पुँजी नभएर व्यवसाय सुरु गर्न सकिरहेका हुँदैनन्। बैंकबाट वा साथीभाइसँग ऋण लिएर पैसा जुटाउनुपर्ने भइरहेको हुन्छ। घर जग्गा नै बेचेर व्यवसायमा लगानी गर्नेहरू पनि भेटिन्छन्।

त्यसरी सुरू भएका सबै व्यवसाय सफल नै हुन्छन् भन्न पनि सकिदैन। दुस्ख गरेर जुटाएको ठूलो लगानी डुब्न सक्छ। त्यसैले सुरूमै ठूलो लगानीमा लागिहाल्नुभन्दा पहिला सानो लगानीमा सुरू गर्न सकिने व्यवसायहरूको बारेमा पनि सोच्नु राम्रो हुन्छ। यो लेखमा हामी थोरै लगानीमा सुरू गरेर राम्रो आम्दानी गर्न सकिने ५ व्यवसायका बारेमा छलफल गर्दैछौँ।

अचार

खानामा स्वाद थपिदिने अचारलाई धेरैले मनपराउँछन्। विभिन्न फलफूल तथा तरकारीको अचारका बट्टाहरू पसल पसलमा भेटिन्छन्। तपाईँ आफैँले पनि बजारबाट अचार किनेर ल्याउनुभएको छ होला। सामान्यतया घरका सदस्यका लागि बनाइने अचार व्यावसायिक रुपमा बनाएर बेच्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ। यसलाई सुरूवात गर्न धेरै खर्च पनि लाग्दैन।

अचार तयार गर्ने र प्याक गर्ने सामाग्री किनेर २०००० देखि २५०००को लागतमा घरबाटै सुरू गर्न सकिन्छ। ग्राहक बढ्दै गएपछि उत्पादन पनि बढाउन सकिन्छ। अचार बनाएर लोभलाग्दो कमाई गरिरहेका व्यक्तिको कथा पढ्न यो लिंकमा जानुहोस्। घरमै खान बनाएको अचार बेच्दा मासिक ढाई लाख आम्दानी ।

मैनबत्ती

हामीले सामान्यतया लोडसेडिङ हुँदा मैनबत्ती प्रयोग गर्ने गरेका थियौं। तर अरुबेला पनि यसको माग उत्तिकै हुने गर्छ। बजारमा वास्नादार र र उपचारात्मक मैनबत्तीहरूको राम्रो बिक्री हुने गरेको छ। विभिन्न होटेल तथा रेस्टुरेन्टमा क्यान्डल लाइट डिनरका लागि मैनबत्ती नभई हुँदैन। धार्मिक कार्यहरूमा र सजावटका लागि पनि यसको निकै खपत हुन्छ।

चाडपर्वहरू विशेषगरी तिहारमा अझ धेरै बिक्छ। यसलाई बनाउन धेरै लगानी लाग्दैन। मैन, धागो, मैनबत्तीलाई आकार दिने रबर, सिलिकन, अलुमिनियम आदिबाट बनेका भाडाहरू, सुगन्धित तेल, मैन पगाल्नका लागि ओभन, थर्मो्मिटर आदि सामाग्रीहरू किनेर यो व्यवसाय २०००० देखि ३०००० को लागतमा सुरु गर्न सकिन्छ।

विविध कारणले शरीरको अंग जलेपनि हिम्मत गरेर पोते र मैनबत्ती बनाउने काम गरिरहनुभएका दिदीको कथा हेर्न यो लिंकमा जानुहोस्।

चाउमिन

छोटो समयमा तयार गरेर बेच्न सकिने खानेकुरा मध्ये चाउमिन पनि पर्छ। त्यसैले यसको फ्याक्ट्री खोल्नु पनि आम्दानी गर्ने एउटा राम्रो उपाय हो। यसका लागि चाउमिन बनाउने मेसिनमा लगानी लाग्छ। एक पटक किनिसकेपछि त्यति खर्च भने हुँदैन। मैदाको पीठो र प्याकेजीङका सामाग्री मात्र किने पुग्छ। यसरी यो व्यवसायबाट राम्रो बचत गर्न सकिन्छ। सुरुमा डेढ देखि २ लाखसम्म लगानी पर्छ।

कागज र कपी

स्कुल, कलेज, अफिस लगायत अन्य थुप्रै ठाउँमा कागजको प्रयोग धेरै मात्रामा हुने गर्छ। दुनियाँ डिजिटल समयमा प्रवेश गरे पनि कागजको माग कम भएको भने देखिदैन। त्यसैले बजारमा यसको राम्रो सम्भावना छ। कागज फ्याक्ट्री सुरु गर्दा पनि मेसिनमा नै खर्च लाग्ने हो। मेसिनपछि काठ र कागज बनाउन प्रयोग हुने अरू रसायनहरू किनेर बनाउन सकिन्छ।

त्यस्तै स्कुल र कलेजका लागि कपीको विशेष माग हुन्छ। राम्रोसँग मार्के्टिङ गर्ने हो भने कपी बिक्दैन कि भनेर चिन्ता लिनुपर्दैन। अझ कागज आफैले उत्पादन गर्ने भएपछि त कपी बनाउन पनि थप सजिलो हुन्छ। अर्डर अनुसार यसरी कागज र कपी बनाएर बेचेमा राम्रो आम्दानी गर्न सकिन्छ। यो व्यवसाय गर्न साढे २ देखि ५ लाख सम्म लगानी लाग्छ।

कागज र कपडाका झोला

प्लास्टिकको प्रयोगले वातावरणमा असर पर्छ भन्ने कुरा बुझेका थुप्रै व्यक्तिहरूले कागज र कपडाका झोला बोक्न सुरु गरिसकेका छन्। प्लास्टिकको दाँजोमा लामो समयसम्म टिक्ने भएकाले पनि यस्ता झोलाको संभाबना धेरै छ।

कागजरकपडाबाट बनेका झोलामा खाद्य सामाग्री, फलफूल, तरकारी, कपडा, जुत्ता, गहना आदि मज्जाले राख्न मिल्ने भएकाले आजकाल साना तथा ठूला पसल र मार्टहरूमा पनि यसको व्यापार हुने गरेको छ। विभिन्न प्रकाररडिजाइनका कागज र कपडाहरू किनेर त्यसलाई आकर्षक झोलामा ढाल्न सकेमा सानै पुँजीबाट धेरै नाफा कमाउन सकिन्छ। यसका लागि ३ लाख देखि ५ लाखसम्म लगानी लाग्छ।

स्रोत यो लेख इन्टरनेटका विभिन्न सामाग्रीहरू पढेर तथा विभिन्न व्यवसायीहरूसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको हो।

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post