साउन महिनाको पूरा राशिफल : यी राशिमा रहनेछ भगवान शिवको कृपा शेयर गर्नुहोला

साउन महिनाको मासिक राशिफल

आफ्नो भविष्यका बारेमा थाहा पाउने जो कोहीको चाहाना हुने गर्छ। ज्योतिषशास्त्रमा राशिफलले पनि तपाईको भविष्य बताउने गर्छ। त्यसैले हामीले यहाँ मासिक राशिफल लिएर आएका छौँ । तपाईका लागि साउन महिना कस्तो रहला त ? हेर्नुहोस् मासिक राशिफलः

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

यो महिनामा तपाईंको राशिबाट चौथौ भावमा सूर्यले भ्रमण गर्नाले मिश्रित फल मिल्नेछ। आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्नेछ। यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग हल्का पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । व्यर्थको सास्ति खेप्नु पर्ने अवस्था देखिन्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

तपाईंका लागि साउन महिना समग्रमा सकारात्मक महिना रहेको छ । इच्छा र आकाङ्क्क्षा पूर्ण हुने भएको छ । महिनाको उत्तरार्धबाट र तनाव बढेको महसुस हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो हो । पारिवार संग रमाइलो भेटघाट हुनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गर्नु उत्तम हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

तपाइको मेहनतको प्रसंशा हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ब्यापार व्यबसायबाट आम्दानी हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरेमा कार्यसिद्धि मिल्नेछ । कला र गलाको प्रभाव बढ्दै जानेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

तपाईंको राशिबाट नवौँ भावमा सूर्यले भ्रमण गरेको हुँदा राम्रो फल मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । वैदेशिक यात्राको योग छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य पूजा आरधना गर्दा अधिक लाभ मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

यो महिनामा तपाईंको राशिबाट बाह्रै भावमा सूर्यले भ्रमण गर्नाले त्यति राम्रो फल मिल्नेछैन । घर परिवारमा झै–झमेलाको अवस्था आउला । सरकारी निकाएको भय रहला । महिनाको अन्त्यमा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क १,५ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गर्नु उत्तम होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । जोश,जाँगर र हिम्मत बढ्ला । बोलीको भरमा कार्य सम्पादन हुनेछ।

लामोयात्रा सुखद् र सफल हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग कालो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गर्दा अधिक लाभ हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

साउन महिनामा अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । यो महिनाको लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवालयको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साउन महिनामा छरछिमेकमा सम्पन्न हुने धार्मिक सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जयाय भगवानको ध्यान गरी कार्य आरम्भ गर्नुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नाक तथा घाँटीमा समस्या आउला । मध्य महिनामा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । घर ,जग्गा खरिद तथा बिक्रिको योग छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व बंगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

मकर ( भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिनाको अन्तिम सातामा राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग लिलो वा पहेलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा )

विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न बनाउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन्। आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन्।

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग कालो हो। कुनै शुभकर्म गर्नु पूर्व विष्णुभगवानको दर्शनगरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

यो महिनामा रमाइलो यात्राको सम्भावना छ। लगनशीलताले कामहरु अगाडि बढ्नेछन। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्गे रातो वा पहेँलो हो।

कुनै शुभकर्म गर्नु अघि महालक्ष्मीजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ।

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post