आँखा रातो-रातो देखियो ? वेवास्ता नगर्नुहोस् ! हुनसक्छ कलेजो र मिर्गौला खराबीको संकेत

काठमाडौँ । हाम्रो स्वास्थ्य स्थिती कस्तो छ ? के हामी स्वस्थ र तन्दुरुस्त छौं ? रोगमुक्त छौं ? वा कुनै रोगले भित्रभित्रै आक्रमण गरिरहेको छ ? सामान्यत अनुहारमा पनि यसको झलक देखिन्छ। अनुहारका कतिपय संकेतले हाम्रो स्वास्थ्य स्थितीबारे जानकारी दिन्छ।

अनुहारको संकेत

गालाहरुको रंग उड्नु वा गाला फुस्रो देखिनुको कारण मेटाबोलिज्मको सुस्तता, वा फोलिक एसिड र आइरनजस्ता पोषक तत्वका कमीले हुन सक्छ।

फोक्सोको कमजोरी, हार्मोनल परिवर्तन, एलर्जी, पाचनक्रियामा गडबडी तथा रगत शुद्धिकरण ठीक नभएर पनि गालामा कोठी तथा डण्डीफोर आउँछन्।

नाकको संकेत

नाकमा आउने कोठी वा डण्डीफोरका कारण उच्च रक्तचाप वा मुटुरोग हुन सक्छ । यदि नाक बारम्बार रातो हुन्छ वा सिगान बग्छ भने त्यसको कारण मुटु रोग, उच्च रक्तचाप वा कलेजोको समस्या हुन सक्छ ।
जिब्रोको संकेत

जिब्रोमा अत्यधिक सेतो धब्बाको मतलब हो शरीरमा टक्सिनको मात्रा बढ्नु। यसले टक्सिनको बढोत्तरी वा कलेजोको समस्या पनि संकेत गर्छ।

ओंठको संकेत

आन्द्राको समस्याहरु, भिटामिन बीको कमी, रगतको कमी, डिहाइड्रेसन, फोक्सो वा मुटुसम्वन्धी समस्याको संकेत ओंठमा देखिन सक्छ।
ओंठ सुन्निएमा आन्द्राको समस्याको संकेत हुनसक्छ। सुकेको फुस्रो ओंठले शरीरमा पानीको मात्रा कम भएको संकेत गर्छ। ओंठ गुलाबी हुनको साटो पहेंलो भएमा शरीरमा रगतको कमी भएको हुनसक्छ।

कमजोर फोक्सोका कारण जब हृदयसम्म पर्याप्त अक्सिजन पुग्न सक्दैन, त्यतिबेला पनि त्यसको असर सुख्खा ओठको रुपमा देखिन्छ।

ओठ फुट्नुको कारण कुनै प्रकारको एलर्जी हुन सक्छ वा कस्मेटिक प्रोडक्टको साइड इफेक्ट हुन सक्छ।

मुखको संकेत

मुखको राम्ररी स्याहार गर्दा पनि तपाईंको सासको दुर्गन्ध छुटेन भने यसको कारण पेट खराब, अपच वा कलेजोको समस्या हुन सक्छ ।

मुख सक्नुको कारण धेरै हुन सक्छ। डिहाइड्रेसन, अत्यधिक अल्कोहल, धुम्रपान, आदि। साथसाथै यो डाइबिटिजको प्रारम्भिक लक्षण पनि हुन सक्छ।

निधारको संकेत

यसले पित्ताशय वा कलेजोको समस्याका अलावा पाचनक्रियामा गडबडीतर्फ संकेत गर्न सक्छ। निधार हाम्रो स्नायु प्रणाली र पाचनतन्त्रसँग जोडिएको हुन्छ।

कुनै प्रकारको तनाव वा पाचनक्रियामा गडबडीको सोझो असर निधारमा रहेका रेखाहरु वा डण्डीफोरका रुपमा प्रकट हुन्छ।

आँखाको संकेत

आँखाले आन्द्रा वा जोर्नीको समस्याहरुका अलावा कलेजो-मिर्गौला र थाइराइडको समस्यालाई संकेत गर्छ। आँखा यदि रातो भयो भने यसको अर्थ प्रतिरक्षा प्रणाली कमजोर हुनसक्छ।

साथै यसले डिप्रेसनको पनि संकेत गर्छ । आँखाको पहेँलोपनका कारण कमजोर कलेजो वा कलेजोको बिमारी हुन सक्छ

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post