सवारी दुर्घटनामा परी ११ जनाको गयो ज्यान

काठमाण्डौ – प्रमुख चाडपर्व दशैँ, तिहार र छठको समयमा काठमाण्डौ उपत्यकामा ३९ हजार १ सय १७ चालकले ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै कारबाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, दशैँको घटस्थापनादेखि हिजो बिहानसम्ममा सडक लेन मिच्नेलगायत विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई कारबाही गरिएको हो।

कारबाहीमा परेकामध्ये तीन हजार ३५० जना जाँडरक्सी सेवन गरेर गाडी चलाउने पाइएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो। लेन अनुशासन नमान्ने दुई हजार १ सय ४४, तीव्र गतिमा सवारी चलाउने तीन हजार ९५७, तथा हेलमेट नलगाउने र अन्य नियम उल्लङ्घन गर्ने २९ हजार ६६६ जना रहेका छन्।

चाडपर्वको समयमा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनाका घटनाहरू पनि भएका छन्। चार सय ५० सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ३१ जना गम्भीर घाइते र ६३४ जना सामान्य घाइते भएका छन्।

यसपटक काठमाण्डौ उपत्यकामा सुरक्षा निगरानी सुदृढ बनाउन पाँच हजारभन्दा बढी प्रहरी परिचालित भएका थिए, जसमा एक हजार ६ सयभन्दा बढी ट्राफिक प्रहरी थिए। यात्रीहरूको सुविधा र सुरक्षाका लागि १८ स्थानमा सहायता कक्ष पनि स्थापना गरिएको थियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post