हार्दिक श्रद्धाञ्जली कठै नेपालीको शव सात महिनापछि यस्तो अवस्थामा नेपाल फिर्ता


घरेलु कामदारका रुपमा मध्यपूर्वी मुलुक जोर्डनमा कार्यरत दुई नेपाली युवतीको शव गाडिएको अवस्थामा फेला पारी उत्खनन गरी स्थानीय अदालतको आदेशमा दुवै शवको अवशेष सोमबार नेपाल पठाइएको छ ।

राजधानी अम्मानमा कार्यरत तेह्रथुम घर भएकी ३७ वर्षीया लीलामाया लिम्बू र सिन्धुपाल्चोककी २२ वर्षीया सुस्मिता तामाङको गत वर्ष असोज/कात्तिकमा निधन भएपनि तिनको शव घरफिर्ती हुन सकिरहेको थिएन । यसबारे जानकारी पाएर जोर्डनको कूटनीतिक मामला हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले ताकेता गर्दै आएको भएपनि गत वर्ष माघ ४, २०७९ मा दुवै जनाको शव गाडिएको अर्को सूचना आएको थियो ।

‘सम्बद्ध परिवार र कूटनीतिक नियोगलाई समेत जानकारी नदिइ शव गाडिएको सूचना पाएपछि यहाँबाट जोर्डनको परराष्ट्र मन्त्रालयमार्फत आपत्ती जनाउँदै पत्राचार भएको थियो,’ कायरोस्थित नेपाली राजदूत सुशील लम्सालले कान्तिपुरसँग फोनमा भने, ‘आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन गत जेठ १९ मा अम्मान पुगेका बेला जोर्डनका नरेश अब्दुल्लाहलाई पनि यो घटनाबारे अवगत गराउँदै शव फिर्ता र अन्तिम संस्कारमा सहयोग पुर्‍याउन अनुरोध गरेको थिएँ । यही प्रक्रियामा गत शनिबार शव उत्खनन गर्दै प्राप्त अवशेष सोमबार काठमाडौं पठाइएको हो ।’


दुवैको मृत्युबारे स्थानीय प्रहरी कार्यालय र अदालतले दिएको कारणमा आत्महत्या भनेर खुलाइएको छ । यी दुवै जनाको शव गत वर्ष माघ ४ मा अम्मानस्थित इस्मालिक शव दफनगृहमा पुरिएको सूचना कायरो दूतावासले पाएको थियो । आत्महत्या कारण भनेपछि यसमा आवश्यक क्षतिपूर्तिको प्रक्रिया अघि बढाउन मुस्किल हुने खाडी तथा मध्यपूर्वी मुलुकहरुमा नियम रहिआएको छ । तर, अलग—अलग घरमा आत्महत्या गरेको अवस्था र घटनाको ५ महिनापछि शव गाडिएको स्थितिका बारेमा प्रहरी अनुसन्धान तथा अदालती फैसलामा पनि केही उल्लेख गरिएको छैन । दुईमध्ये लीलामायााले गत वर्ष असोज ८ (२४ सेप्टेम्बर २०२२) र कात्तिक २१(७ नवेम्भर, २०२२)मा घाँटीमा पासो लगाएर आत्महत्या गरेको प्रहरी रिपोर्टमा उल्लेख छ

 ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post