
पुर्वि चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ सिमलघारी मा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । ज्यामिरे स्थित आफ्नै घरको कोठाभित्र घाटीमा पासो लगाएको अवस्था महिलाको शव फेला परेको हो ।
दराजको समाउने मुठीमा सल बाँधेर घाटीमा पासो लगाएकोअवस्था ४२ वर्षिय लक्ष्मी मिजारको शव फेला परेको प्रहरीले जनाएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । आत्महत्या गरेको हो वा हत्या भएको हो भनेर यकिन गरि नसकेको अधिकारीले बताए ।
पोष्टमार्टम रिपोर्ट पश्चात मात्रै घटनाको विषयमा प्रष्ट हुने उनले बताए । शवलाई पोष्टमार्टमको लागि भरतपुर लगिएको छ ।यता स्थानीय तथा आफन्तले भने लक्ष्मीको हत्या भएको दावी गरेका छन् ।
दराजको मुठ्ठी र भुइँ झुन्डिन नमिल्ने दुरिमा रहेकोले आत्महत्या हुनै नसक्ने उनिहरुको दाबी छ ।घटनाको प्रकृति हेर्दा आत्महत्या नभइ पतिले नै हत्या गरेको हुन सक्ने स्थानीय तथा आफन्तको आरोप छ । प्रहरीले मृतकको श्रीमानलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।