इटहरीबाट श्रीमान–श्रीमतीसहित चार जना पक्राउ

लागूऔषध बिक्रि गरेको आरोपमा इटहरी प्रहरीले श्रीमान श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरीको आइतबारेस्थित भाटे होटलबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरिएको हो ।

गत साउन २० गते इटहरी ४ बस्ने २७ वर्षीया सृजना ओझा र सोही स्थान बस्ने २८ वर्षीय सुशान्त घिमिरेलाई ब्राउनसुगर बिक्री गर्न लागिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको थियो ।

अनुसन्धान गर्दै जाँदा धनकुटा शहिदभूमि गाउँपालिका वडा नं. ५ घर भई हाल इटहरी ५ मादेन मार्गमा डेरा गरी बस्ने ३४ वर्षीय विर्त सिंह राई र उनकी श्रीमती ३५ वर्षीया पवित्रा राईबाट ब्राउनसुगर किनेको खुलेसँगै राई दम्पत्तीलाईसमेत पक्राउ गरिएको थियो ।

तत्काल खटिएको प्रहरीले राईको साथबाट ६ ग्राम ७६० मिलिग्रामको ब्राउनसुगर बरामद गरेको थियो भने उनको कोठाबाट ३३ ग्राम ९० मिलिग्रामको लागूऔषध बरामद गरेको थियो ।

पक्राउ परेका चारैजनामाथि सुनसरी जिल्ला अदालत १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post