1659877073.jpg)
काठमाडौंको बालाजुमा महिलामाथि लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका-३ घर भई टोखा नगरपालिका-३ बस्ने २५ वर्षीय सागर दर्जी र तार्केश्वर नगरपालिका-९ बस्ने १९ वरेषीय अमिर महर्जन छन्।प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।