सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ राँके–रवि–भेडेटार सडकखण्डमा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । आइतबार दिउँसो सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गाडी आफैँ अनियन्त्रित भएर सडकबाट तल झरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ बुधबारेबाट फिदिमको रणशेर गणतर्फ जाँदै गरेको बा १ ग ३४४२ नम्बरको नेपाली सेनाको वानटन गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा गाडीमा सवार १८ जना मध्ये १५ जना घाइते भएका हुन् । घाइतेहरूलाई सेनाकै हेलिकोप्टरमार्फत उद्दार गरेर उपचारका लागिलगिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post