बैतडीकी चेतनासँगै कुल्चिएको नर्स बन्ने सपना

बैतडीको विकट डिलाशैनी गाउँपालिकाबाट पढाईको धोका पूरा गर्न धनगढी आउँदा चेतना साउँदको लक्ष्य ठूलो भएर नर्स बन्ने थियो । गाउँका दिदीहरु पनि नर्स थिए ।

अस्पताल जादा होस् या सामाजिक सञ्जालमा नर्सले चिटिक्क सेतो लुगा लगाएर बिरामीको सेवा गरेको उनले देखेकी थिइन्। त्यही भएर उनले सोचेकी थिइन्, ‘ठूलो भएर म पनि यस्तै नर्स बन्छु, अनि बिरामीको सेवा गर्छु ।

चेतना साउँद धनगढी उपमहानगरपालिका ५ तारानगरमा परिवारसँगै बस्थिन। नजिकैको पञ्चोदयमा माध्यामिक विद्यालयमा कक्षा ८ कक्षामा अध्ययनरत् थिइन् । पढाई सन्तोषजक थियो ।

तर बिहीबार बिहानको एक ग्रेडरले उनीसँगै उनको नर्स बन्ने सपना पनि कुल्चिदियो। ‘सबै शिक्षक तथा साथीभाईसँग मिलनसार व्यवहार गर्थिन,’ शिक्षक सुरेन्द्र जोशीले निराशभावमा धनगढीखबरसँग भने, ‘के बन्ने भन्दा ‘नर्स’ भन्थिन । समयमै गृहकार्य पनि गर्थिन ।

तर के गर्ने राम्रो मान्छेलाई धर्तीमा ठाउँ हुँदैन भन्थे आज त्यस्तै लागिरहेको छ।उनको मृत्युको खबर पत्याउँनै सकिरहेको छैन। उनी आँखा वरिपरि घुम्दैछिन्।’ घरबाट विद्यालय नजिकै पुगेकी थिइन । हसनपुर डिभोटीचोक देखि हसनपुर पिपल्लचौतारा सड्क निर्माणमा क्रममा प्रयोग भएको ग्रेडरले सुरुमा उनलाई ठक्कर दियो ।

उनी उठ्ने प्रयासमा रहँदारहँदै ग्रेडरले कुल्चिएको स्थानीय बताउँदै आएका छन्। घटनास्थलमै उनको ज्यान गयो । त्यसबाट आक्रोशित विद्यार्थी र स्थानीयले बाटो बन्द गर्दै नाराबाजी गरेका थिए ।

विद्यार्थीहरु धनगढी बजार, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि समेत आन्दोलनमा उत्रिएपछि धनगढीमा निषेधाज्ञा नै घोषणा गर्नुपरेको छ ।शुक्रबार दिउँसो भने आफन्त र प्रशासनबीच सहमति भएको छ । आफन्तले ग्रेडर चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गराएका छन्। प्रहरीलेघटनाको अनुसन्धान अगाडि बढाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post