काठमाडौँ । फिल्म क्षेत्रका अधिकांश कलाकारहरु नायक सलोन बस्नेत र एयर होस्टेज करिश्मा केसीको विबाह र पार्टीमा उपस्थित भए । करिव एक हप्ता लामो अभिनेता सलोन बस्नेतको वैवाहिक समारोह बुधवारदेखि सकिएको छ ।
भिन्न–भिन्न स्थानमा गरिएको विवाहको चर्चा सामाजिक सञ्जाल र सञ्चार माध्यममा मजैले भयो । यसैक्रममा आज भने बिबाहपछि सलोनको परिवार नै अन्तरबार्ताको क्रममा मिडियामा आएका छन । सलोनले अन्तरबार्ताकै क्रममा आफुलाई जुम्ल्याहा बच्चाको रहर भएको बताएका छन ।
करिश्मा भने लाजले मुस्कुराउन बाहेक केही बोल्न सकिनन । सो अवसरमा सलोनका बाबु शोभितले नाती वा नातिनी भएपछि सबै काम छाडेर उनीहरुकै स्याहार गर्ने बताएसँगै माहोल फेरी हासोमा गुसिञ्जएको थियो ।
करिश्माले आफूले बस्नेत परिवारको एकतालाई अगाडि बढाउने बताइन् । यस्तै, नायक सलोन बस्नेतले पनि आफूमा रहेका केही अपूर्ण कुराहरु करिश्माको आगमन पछि पुरा भएको बताए । यसअघि बस्नेत परिवारलाई एक बनाउन आफ्ना पिताले खेलेको भूमिका अब आफूले खेल्ने सलोनको तर्क थियो ।
तल हेर्नुहोस यो रमाइलो भिडियोमा