
तनहुँमा श्रीमतीको कु-टाईबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रगती टोलमा बस्दै आएका ४० वर्षीय मनबहादुर नेपाली रहेका छन् ।
उनलाई श्रीमती ३६ बर्षीय शुशिला विकले ढुंगाले प्रहार गरेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले बताए । उनीहरु पोखरा महानगरपालिका–३० शिसुवा घर भइ दुलेगौँडा डेरामा बस्दै आइरहेका छन् ।मादक पदार्थ सेवन गरेकी श्रीमतीले घरायसी विवादमा ढुं गा प्र हार गर्दा टा उको चो ट लागेको थियो ।
उपचारको क्रममा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको छ’, उनले भने ।गएराती साढे ९ बजे घटना घटेको थियो । ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रीमानको हत्या गर्ने सुशिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेर्नुहोस् भिडियो