
ड्राईभरले लापर्वाहिले बस चलाएका थिए, दुर्घटनाबाट बाँचेका घाईतेको खु;लासा,उक्त बस बनेपा नगरपालिका–११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका ५ च्याल्टी पुगेर फर्किंदै गर्दा दुर्घटनामा परेको थियो बस दुर्घटनाबाट बाँचेका घाईतेको खुलासा ड्राईभरले अनियन्त्रीत गरी बस चलाएका थिए।
मंगलबार साँझ काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा १७ जनाको ज्यान गएको प्रहरीको भनाइ छ । जसमध्ये १३ जनाको पहिचान भएको हो ।
मृत्यु हुनेहरुमा बनेपा नगरपालिका – ११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
त्यस्तैगरी बनेपा नगरपालिका – १४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नगरपालिका – १ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नगरपालिका – ११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका – ५ की ३२ वर्षीया मञ्जु तामाङको पहिचान भएको बताइएको छ ।
त्यस्तैगरी बस चालकको पनि मृत्यु भएको खुलेको छ । ललितपुरको महाँकाल–४ घर भई हाल पनौती नगरपालिका – ४ बस्ने २२ वर्षीय चाकल सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ ।
त्यस्तैगरी अन्य मृतकहरुको पहिचान खुल्न सकेको छैन । बसमा ३९ जना सवार रहेको खुलेको छ । बस सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो। बस तीव्र गतिमा गुडेको कारण दुर्घटना हुन पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पूरा जानकारी का लागि तलकाे
भिडियो हेर्नुस् ।