नेपाली सेनाको गाडी दु:र्घटनामा पर्यो “घाइते १३, जनालाई हेलिकप्टरबाट ल्याइयो काठमाण्डौ

पाँचथर र धनकुटाको सिमावर्ती छ नम्बर बुधबारेबाट पाँचथरको जोरपोखरी तर्फ आउँदै गरेको नेपाली सेनाको गाडी दु”र्घटना हुँदा १५ जना घाइते भएका छन् ।

रणशेर गण:अन्तर्गत पाँचथरको बुधवारे पोष्टमा तैनाथग गुल्मको फौज सामुहिक तालिमको लागि अदली बदली गर्ने क्रममा सडक दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।बा १ ग ३४४२; नम्बरको वानटन गाडी आइतबार अपराह्न इलामको माङसेवुङ गाउँपालिका वडा नम्बर ६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भइ दु”र्घटनामा परेको थियो ।

घाइते मध्य १३ जनालाई हेलिकप्टरमा अहिले काठमाण्डौ ल्याएर छाउनी अस्पतालमा उपचार शुरु गरिएको छ । क्याप्टेन किशोर बोगटीको कमाण्डमा २७ जना बा २ झ ४८० :नम्बरको बोलेरो जीप र बा १ ग ३४४२ :नम्बरको टाटा ट्रकमा सवार भएका थिए ।दुर्घटनामा घाइते १५ मध्ये २ जनाको अवस्था केही चिन्ताजनक छ ।

दुर्घटनामा सैनिक प्युठ कााशिराम चौधरी, प्रविण खड्का, शिव राना, ओमप्रकाश थापा, नायक रवी तामाङ, रमेश चौधरी, सूर्य थारु, चन्द्रबहादुर कार्की, दिलबहादुर साही, लोटन थारु, देवीलाल सुनुवार, हवल्दार प्रकाश आचार्य, लेस नायक रञ्जित चौधरी, र जवान धर्मैश कापर छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post