बैतडी माया हत्या प्रकरणः ४ दिनदेखि आमा अचेत, होसमा हुँदा बोलाउँछिन्-माया कब आउने हई !

बैतडी पञ्चेश्वर गाउँपालिका–४ फ्याउलेकी २१ वर्षीय माया लुहार मंसिर ४ को निर्वाचनमा म्यादी प्रहरी भइन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरी भएर आफ्नो जिम्मेवारी पनी पूरा गरिन्।

उनको सपना केही दिनका लागि खटाइने म्यादी मात्र होइन प्रहरी बनेर सधैं समाजको सुरक्षा गर्ने थियो। तर, उनको सपनामाथि सुरक्षा निकायकै मान्छेबाट तुसारापात भयो।

उनको सपना मात्रै सकिएन, सँगै सकियो श्वास पनि। भौतिक संसारबाट उनी त बिदा भइसकिन् तर उनकी आमा भने अझै छोरी कुरिरहेकी छिन्। बैतडीको पञ्चेश्वर गाउँपालिकामा बस्ने आमा रमा लुहार छोरीको हत्या भएदेखि नै अचेत छिन्।

छोरी माया लुहार (भुरी)को घाँटी रेटेर हत्या भएपछि रमा होसमा छैनिन्। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलेकी मायाको हत्यापछि अहिले गाउँ शोकमा डुबेको छ। छोरीको हत्याको खबर पाएलगत्तै रन्थनिएर बेहोस भएकी रमा अहिले होसमा आउनेबित्तिकै छाती पिटेर रुन थाल्छिन्।

होसमा आउनेबित्तिकै छोरीलाई खोज्छिन्। छोराहरुको अगाडि रुँदै रमा भन्छिन्, ‘माया कब आउने हई’। छोराहरुले मायाँ आउँछे भन्दै थम्थम्याउँछन्।

चार दिनदेखि मायाले अन्नको दाना मुखमा हालेकी छैनन्। ५५ वर्षीया मायाको मानसिक अवस्थासमेत बिग्रँदै गइरहेको छ। मायाकी बहिनी टिकु लुहार भन्छिन्, ‘दिदीको हत्यापछि आमाको अवस्था खराब बन्दै गएको छ। जतिबेला नि दिदीकै नाम लिएर बर्बराउनुहुन्छ।’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post