दाइजोको निहुँमा श्रीमतीलाई कु’टपिट गरी घर निकाला गरेको आरोपमा डा. पंकज चौधरी पक्राउ

मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकजलाई दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कु’टपिट गरी घर निकाला गरेको आ’रोपमा प’क्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए ।

नेहाले दिएको दाइजो विरुद्धको जाहेरीका आधारमा उनलाई प’क्राउ गरेको डीएसपी पोखरेलले बताए ।यसअघि गत कार्तिक ४ गते नेहाले घरेलु हिं’सा सम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता गराएकी थिइन् । त्यस बखत पनि तीन दिन प्रहरीले पंकजलाई थु’नेको थियो ।

दाइजो विरु’द्धको कसूरमा कारबाही चलाउन पंकजमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।

तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ नेहाको परिवारले खर्च गरेका थिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post