तनहुँमा बस दुर्घटना, १८ जना घाइते

जिल्लाको म्याग्दे गाउँपालिका–६ अकलामा बिहीबार दिउँसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।नारायणघाटबाट बागलुङतर्फ जाँदै गरेको ग१ख ५५२५ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा १८

जना घाइते भएको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । चालक नरबहादुर लामासहित १८ जना घाइतेहरुको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post