इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा १९ जनाको ज्यान गयो

अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ ।काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन बोकेको 

ट्याङ्कर विस्फाेट भएको थियो । घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

विस्फाेटमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।

इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुनुको कारण खुलेको छैन । विस्फाेटसँगै लागेको आगो सुरक्षाकर्मी र दमकलको सहायताले निभाइएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post