
जाजरकोटमा जीप दुर्घटना हुँदा १२ जनाको मृ”त्यु भएको छ । सो दु””र्घटनामा परी एकै वडाका आठ जनाको मृ”त्यु भएको हो । मृ”त्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् ।
त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृ”त्यु भएको छ ।त्यस्तै घा”इते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृ”त्यु भएको छ ।
छेडागाड– ६ का वीरबहादुर खत्रीको मृ”त्यु जिल्ला प्रहरी कार्यालय जाजरकोट प्र”हरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए । कर्णाली प्रदेश २००१च ०४२९ नंको निजी जिप छेडागाड –३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।
यो पनि: भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु, बाँके – कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ। नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।
उनका अनुसार भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो। ठक्कर दिएर भागेको भ्यानलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ। ठक्कर दिने भ्यान नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए।