महानगरका सई लोकनाथ चुडालले दिए राजिनामा, मेयर बालेन असफल हुनसक्छन् भन्दै खुलाए रहस्य (भिडियो)

काठमाडौं महानगर प्रहरीका सई लोकनाथ चुडालले राजिनामा दिएर मेयर बालेनको तारिफ गर्दै भने “अहिले नौ महिना भयो क्यारे मेयर साब आउनु भएको।

मैले पनि सुक्ष्म ढङ्गले उहाँका हरेक वचन, बोलेका हरेक कुराहरु अध्ययन गर्छु, उहाँमा यति निष्ठापुर्वक यतिको देशभक्त युवा कमै होलान्।

कमै होलान् एउटा पोर्टफोलियो नेतृत्वको भुमिकामा आउँदा। मेयर साबको अनुहार हेरेर, उहाँको एउटा विचारबाट प्रभाव भएर म साच्चै चाहिँ १६ घण्टा सडकमा त्यसै खटेको होइन ५३ वर्षको उमेरमा।एउटा युवा आएको छ।

मेरो टाउकोमा बस्न उसलाई बल दिनुपर्छ भनेर म लागें त, मेरो भुमिका एउटा प्रहरी संगठनमा थियो। अब मेरो भुमिका बढ्न पनि सक्छ नागरिक तहमा, उहाँले त्यो लायक सम्झिनु भयो भने।

साथै उनले राजीनामा पछि उनले कर्मचारीतन्त्रलाई दोश दिएका छन भने नोकरशाही र राजनीतिकाहरूले मेयर – उप मेयरलाइ फेल गराउन लागिपरेको पनि इसारा गरेका छन्।

हेर्नुहोस् भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post