कमलाको दोहोरी अपलोड गर्ने ज्ञानेन्द्रले भन्छन ज्यान जाला दोहोरि युटुबबाट डिलिट गर्दिन लड्न तयार छु ।

बालगायिका कमला घिमिरेको एउटा लाइभ दोहोरी गीत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । गायक सुमन परियारसँग मिलेर उनले गाएको उक्त गीतले एकैसाथ आक्रोश र चर्चा बटुलेको छ ।

नाबालिका बलात्कार आरोपबारेका पछिल्ला दुई स्क्यान्डललाई घुमाउरो ढंगले व्यंग्य गरिएको यो गीतलाई सयौंले युट्युब, टिकटक, फेसबुक लगायतको टाइमलाइनमा टिकाटिप्पणी गरिरहेका छन् । हुन त बाल गायिका कमला घिमिरेले माफी पनि मागी सकेकी छिन् । तर पनि उक्त भिडियो भाइरल हुने क्रम जारी छ ।

सानै उमेरदेखि दोहोरी गायनमा चर्चा बटुलेकी कमला पनि विवाद र आलोचनाले घेरिएकी छन् । खासगरी उक्त गीतको विषयवस्तु र ‘कम्पोजिसन’ आपत्तिजनक रहेको भन्दै तत्काल माफी माग्न सामाजिक सञ्जालमा माग भइरहेको थियो । केहीले गीत र गायिकालाई बहिष्कार गर्नुपर्ने माग राखेका थिए ।

दहोरी कलाकारबाहेक सर्वसाधारण कतिपयले युट्युब भ्युज र डलरका लागि कमला घिमिरेलाई प्रयोग गरिएको भन्दै आपत्ति जनाएका थिए । ती घटनाका आरोपीले अदालतमा दिएका बयानकै शैलीमा गाइएको लाइभ दोहोरी गीतमा प्रयोग भएको १० लाख भन्ने शब्दले धेरैको ध्यानाकर्षण गराएको थियो ।

उनीहरुको यो आशंका किन पनि गलत छैन भने राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले भद्दा, अश्लील र अपाच्य लाइभ दोहोरी गीत गाएको भन्दै केही महिनाअघि नाम चलेकासहित दुई दर्जन कलाकारलाई आइन्दा त्यसो नगर्ने सर्तमा सचेत गराएको थियो ।

नाम चलेका केही गायक-गायिकालाई पनि प्रतिष्ठानले स्पष्टीकरण सोधेको थियो । अहिले उक्त दोहोरी अपलोड गर्ने ज्ञानेन्द्र मिडियामा आएका छन्। उनि भन्छन युटुबबाट हटाउदिन लड्न तयार छु ।

Post a Comment

Previous Post Next Post