मन पराएको केटाले नभेटे हराउँछु’ भन्दै घरबाट निस्किएकी किशोरीको शव यस्तो अवस्थामा फेला

कैलालीमा गएको सोमबार ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी १५ वर्षीया एक किशोरी मृताव स्थामा फेलापरेकी छन् । धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था शर्मा गएको सोमबारदेखि बेपत्ता भएकी थिइन् ।

कैलाली भएर बग्ने मोहना नदी किनारमा शुक्र बार उनको श,व फेलापरेको हो । धनगढी–२, मोहना किनारमा श,व फेलापरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार शव ‘फुलेको’ अवस्थामा छ । शवको पोस्टमार्टम गर्ने तयारी गरिएको छ । आस्था सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दैविद्यालयको पोसाकमा घरबाट निस्किएकी थिइन् । उनी बोराडाडीस्थित त्रिभुवन माविको कक्षा–८ मा अध्ययनरत थिइन् ।

आस्था आफ्नो साथीसँग आइतबार साँझ एक शिक्षकलाई भेट्न उनको घर पुगेको खुलेको छ । विद्यालयबाट सरुवा भएका शिक्षकलाई भेट्न गए पनि उनी घरमा नभेटिएको खुलेको प्रहरी अधिकारीहरू बताउँछन् ।

सोमबार उनी अरू दिनभन्दा छिटो घरबाट निस्किएको प्रहरी अनुुसन्धानबाट खुलेको छ ।उनले घरमा आफ्नी बहिनीलाई ‘आफूले मन पराएको केटाले नभेटे आफू बेपत्ता हुन्छु’ भनेको सूचना प्रहरीले पाएको थियो ।

घ,टना सम्बन्धमा प्रहरीले उनका साथीसहित शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post