ट्रकले बसलाई ठक्कर दिँदा १९ घाइते

नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)मा ट्रकले बसलाई ठक्कर दिँदा १९ जना घाइते भएका छन्। शनिबार दिउँसो पौने ३ बजे भैरहवा-भुमही सडखण्डमा ट्रकले बसलाई ठक्‍कर दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

नवलपरासी रामग्राम नगरपालिका-५ बाईपास चोकमा पश्चिमबाट पूर्व जाँदै गरेको बागमती प्रदेश ०३-००१ क ०१८९ नम्बरको ट्रकले लु १ ख ९५७७ नम्बरको बसलाई ठक्कर दिएको हो।

एकै दिशामा जाँदै गरेको बसले दक्षिण मोड्नेक्रममा दुर्घटना भएको हो।दुर्घटनामा परी १९ जना घाइते भएका हुन्। प्रहरीले दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। घाइते १९ जना मध्ये दुई जनाको अवस्था गम्भीर छ।

रामग्राम नगरपालिका-१६ तोनवा बस्ने ३५ वर्षीय रामरती यादव र बर्दघाट नगरपालिका-१२ दबिल्ला बस्ने ३० पर्षीय बिनु शाही गम्भीर घाइते छन्। उनीहरूको उपचारको लागि भैरहवा मेडिकल कलेज रूपन्देहीमा रिफर गरिएको छ। अरू घाइतेको जिल्लाकै पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post