ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक फरार

लालबन्दी नगरपालिका- ५ रञ्जितपुरमा शनिबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्र्याक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसर रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका मुसरको उपचारका क्रममा मलंगवास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। बालुवा लोड भएको ना५त ९९७१ नम्बरको ट्र्याक्टर हिजो साँझ ६ बजे अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनापश्चात फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post