वाग्मती पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार

ललितपुर र काठमाडौंको सीमा थापाथलीस्थित वाग्मती पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार गरिएको छ ।ती महिलालाईपानीबाटै जीवितै उद्धार गरी उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिए ।

उनका अनुसार एक महिलाले शनिबार अपराह्न हाम फालेको र उनलाई स्थानीय र प्रहरीको सहयोगमा केहीबेरमै प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको हो । महिलाको पहिचान खुलेको छैन ।शनिबार नै काठमाडौंको सुन्दरीजलस्थित खोलामा चिप्लिएर बगेका एक युवकलाई पनि उद्धार गरिएको छ ।

प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतका अनुसार २७ वर्षीय सन्देश कार्कीलाई जीवितै उद्धार गरिएको हो । अपराह्न ५ बजे खोला बगेका उनको नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा जीवितै उद्धार गरिएको डीएसपी बस्नेतले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post