४ बर्षमा एउटा पनि विकास नगरेको भन्दै वडाध्यक्षलाई बिजुलीको पोलमा यसरी बाँधे जनताले

काठमाडौ । जनप्रतिनिधिमा निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासका कामहरु नगरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको खम्बाले बाँधेका छन् ।छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको मधुवनी जिल्लाको यो घटना हो ।

जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पोलमा बाँधेर घाममा तताएका छन् ।मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरुले आफ्नो रिस जनप्रतिनिधि उपर निकाल्न सुरु गरेको छ ।बर्षाको मौसममा बाटोमा हिडन कठिनाई भएको भन्दै स्थानीय जनताहरुले वडाध्यक्षलाई बाँधेका हुन् ।

मोहनिया नगर परिषदको वडा नम्बर १५ का वडाध्यक्ष इम्तियाज अँसारीलाई बिजुलीको पोलमा बाँधेको हो ।उनलाई पोलमा बाँधेर यसको सूचना नगर पँचायतका अध्यक्ष सहित अन्य पदाधिकारीहरुलाई समेत दिएको बताइएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post