
इलाममा बिरामी बोके को ट्याक्सी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो। आज बिहान १० बजे इलामको माङ्से बुङ-२ दहगाउँमा बाटोबाट करिब।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
१५० मिटर तल भिरमा खस्दा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारमा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।पाँचथरको मिक्लाजुङ-५ पाङ्तुवाबाट बिरामी लिएर झापाको दमक हिँडेको मे १ ज ४८७ नम्बरको ट्याक्सी भिरबाट खस्दा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा मिक्लाजुङ-५ बस्ने ६५ वर्षीय हिम प्रसाद लावती, उनकी श्रीमती ५७ वर्षीया पदम कुमारी लिम्बू र माङ्सेबुङ २ का ५० वर्षीय प्रकाश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****