काठमाडौंको खोला र जंगलमा तीन जनाको शव फेला

काठमाडौंको धोबीखोलामा एक पुरूषको शव फेला परेको छ। मंगलबार बिहान करिब ९ बजे खोलामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

काठमाडौं महानगरपालिका-४ स्थित सुकेधाराबाट कपन जाने बाटोमा रहेको फलामे पुलमूनि धोबीखोलामा शव फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र शव निकालेर पोष्टमार्टमका लागि पठाइएको मैनालीले बताउनुभयो । शवको पहिचान भइसकेको छैन।

फर्पिङमा मृत फेला परेका युवा–युवतीको पहिचान खुल्यो

काठमाडौंको फर्पिङमा सोमबार मृत अवस्थामा भेटिएका युवा–युवतीको पहिचान खुलेको छ । अन्दाजी २२/२३ वर्ष उमेरका युवा–यवतीको शव दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा फेला परेको थियो ।

मृत अवस्थामा भेटिएका युवक मकवानपुर इन्द्रसरोवरका मनिष ठकुरी र युवती दाङको राप्ती घर भएकी विमला कुमाल हुन् । शवलाई अहिले पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

घटनास्थल नजिकै औषधीको बट्टासमेत फेला परेको थियो । उनीहरुको मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post