४ दिन देखि हराएकी बालिकाको शव मकै बारीमा यस्तो अवस्थामा फेला

सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका-५ धारापानीकी अन्दाजी।

सात वर्षीया बालिका ग्रीस्मा विक मृत अवस्थामा फेला परेकी हुन् ।नेपाली कांग्रेसको गुर्भाकोट नगरपालिका- ५ ले आयोजना गरेको कार्यक्रममा शनिबार हजुरआमासँगै सहभागी विक सोही दिन हराएकी थिइन् ।

चार दिनदेखि हराएकी बालिकाको शव मंगलबार बिहान घरदेखि एक सय मिटरको दूरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले बताए ।

बालिकाको मृत्युको कारण नखुले पनि घटनामा संलग्न भएको आशंका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Post a Comment

Previous Post Next Post