जनवरी १ देखी मलेसियामा यस्ता ब्यक्तिहरु मात्र जान पाउने !

काठमाडौं । मलेसियाले अन्तर्राष्ट्रिय पर्यटकका लागि जनवरी १ देखि बोर्डर खुला गर्ने भएको छ । पर्यटक क्षेत्र एकदमै सुस्ताएको भन्दै यसलाई अघि बढाउन मलेसियाले विभिन्न मापदण्डसहित पर्यटकका लागि खुला गर्न लागिएको खबरमा उल्लेख छ ।

कोरोना सङ्क्रमण दर घट्दै जाँदा खाडीका देशहरूले पनि कोरोना सङ्क्र-मण रोकथामका लागि लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै लगेका छन् । कोरोना सङ्क्रमण रोकथामका लागि लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै मलेसियाले १ जनवरी २०२२ देखि विदेशी पर्यटकका लागि आफ्नो अन्तर्राष्ट्रिय बोर्डर खुला गर्ने खबर द स्टारले लेखेको छ ।

कोरोना महामारी रोकथामका लागि लगाइएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय यात्रामा प्र-तिबन्ध लगाउँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको मलेसियाको ठहर छ । महामारीपछि पर्यटकका लागि मलेसियाले आफ्नो बोर्डर खुला गर्ने निर्णय गरे पनि विदेशी कामदार लिनेबारे भने मलेसियाले औपचारिक रूपमा कुनै निर्णय गरिसकेको छैन ।

लैङ्गिक तथा सामाजिक समावेशी विकासको स्तर अध्ययन सुरु: यहाँका स्थानीय तहमा लैङ्गिक तथा सामाजिक समावेशी विकासको स्तर अध्ययन थालिएको छ । तीनै तहका सरकारबाट लक्षित वर्गको हित तथा सशक्तीकरणका लागि तर्जुमा भई लागू भएका कानुनको कार्यान्वयन गरी लैङ्गिक तथा सामाजिक समावेशी विकासको अवस्थाको अध्ययन थालिएको हो ।

गण्डकी प्रदेश सरकारअन्तर्गत सञ्चालित प्रशिक्षण प्रष्तिठानले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँका स्थानीय तहमा विज्ञमार्फत मापनको काम अघि बढाएको छ । सम्बन्धित तहका स्थानीय जनप्रतिनिधि र शाखा प्रमुख कर्मचारीको सहभागितामा अनुशिक्षण कार्यक्रम आयोजना गरेर बञ्चितिमा परेका लक्षित वर्गको हक, हित र विकासका लागि पालिकाबाट भएका गतिविधिको विवरण सङ्कलन गरेको छ ।

विगत चार वर्षमा पालिकाबाट सम्पादन भएका कामलाई विभिन्न पाँच क्षेत्रमा २२ उपशीर्षकसहित १०० सूचकका आधारमा अङ्क मापन गर्ने गरिन्छ । यसरी अङ्क मापन गर्दा जुन–जुन सूचक कमजोर देखिन्छन् ती सूचकलाई आधार बनाएर कार्यक्रम र बजेटसहित कार्ययोजना तर्जुमा गरी लागू गरिन्छ । कार्ययोजना निर्माण गर्नुअघि सहभागीलाई पाँच भागमा विभाजन गरी बलियो पक्ष, कमजोर पक्ष, अवसर र चुनौतीका बारेमा सुझावका आधारमा कार्ययोजना बनाउने भएको छ । पर्वतमा पहिलोपटक सबै स्थानीय तहमा लक्षित वर्गमुखी बजेट तथा कार्यक्रमको लेखाजोखा गर्न लागिएको हो ।

हालसम्म कुश्मा नगरपालिका र महाशिला गाउँपालिकाको लैङ्गिक तथा सामाजिक समावेशी बजेट तथा कार्यक्रमको लेखाजोखा गर्दा दुवै स्थानीय तहले १०० पूर्णाङ्कमा ६०/६० अङ्क प्राप्त गर्न सफल भएका छन् । गत मङ्सिर २७, २८ र २९ गते महाशिलामा सञ्चालन भएको थियो भने यही पुस ५, ६ र ७ गते कुश्मामा सम्पन्न भएको छ ।

लक्षित वर्गका लागि यो प्राप्ताङ्क सन्तोषजनक नभए पनि जनप्रतिनिधि तथा कर्मचारीको संयुक्त प्रयासले सुरु गरिएका केही अभ्यास भने प्रसंशायोग्य रहेको तथ्य यो कार्यक्रमका सहजकर्ता एवं ‘जेण्डर मास्टर’ लीलाधर सुवेदीले बनाउनुभयो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post