कोठामा केही पनि खानेकुरा नहुदा पानिमा नुन मिसाएर त्यहि पानी पिएर धेरै रात कटाएको छु मैले । बिराटनगरमा जन्मिएका रमेश बुढाथोकी बुवा आमाको चार सन्तान मध्य सबैभन्दा जेठा सन्तान हुन् ।
गाउमा हुदा घाँस का ट्ने देखि सबै घरायसी काममा आफ्नो परिवारलाई सघाउथे रमेश दाइ ।बच्चा बेलादेखि नै कलाकार बन्न सपना बोकेका रमेश दाईको सपना पूरा गर्न भने उनको परिवार तयार थिएन ।रमेश दाइको बुवा सरकारि जमगिरे थिए ।उनि आफ्नो छोरोले पनि आफू जस्तै सरकारि जागिर खाइदिओस भन्ने नै चाहान्थे ।तर रमेश दाईको नशा नशामा कलाकारिताको भुत सवार भैसकेको थियो ।
जहाँ इच्छा त्यहा उपाय भनेजस्तै रमेश दाईले बिराटनगर मै नाटक गर्दै कालाकारितामा पाइला टेके ।बिराटनगर बाट आइए पास गरिसकेपछि रमेश दाईको संघर्षको घन्टि अब काठमाडौंतिर बज्न थाल्यो । नाटक खेल्ने खेलाउने लेख्ने सबै कामहरु उनले एकदमै कुशल र इमानदारी ढंगले गरेसगै उनलाई विभिन्न क्षैत्रबाट तारिफ र सम्मान मिल्दै जान थाल्यो ।
यतिको अवस्थामा अहिले उनी आइरहदा उनले काठमाडौंमा बिताएका ती कहालि लाग्दा दिनहरु पनि सम्झिए ।त्यति बेला अहिले जस्तो पैसा कमाइ हुदैनथियो अब रमेश दाईको संघर्षको समय थियो त्यतिबेला ।दिनभरि काम गरेर कोठामा थाकेर आउदा कोठामा एक दाना अन्न पनि हुदैनथियो ।पानिमा नुनमात्रै हालेर कयौ रातहरु भोकै का टेको उनी सम्झिन्छन् तर भोको पेट भएपनि कलाकारितामा सक्रिय हुन पाउँदा आफू खुसि नै भइ बसेको उनी बताउँछन् ।
नाटकबाट सुरु भएको उनको कलाकारिताले सिरियल हुँदै सिनेमामा पनि एउटा अलग्गै छाप छोड्न सफल भयो । उनले लेखेका र निर्देशन गरेका धेरै चलचित्रहरु एकदमै चर्चामा छन् ।कलाकारिता क्षेत्रलाई एकदमै धेरै बुझेका रमेश दाइ दुई कार्यकालसम्म कलाकार संघको अध्यक्षसम्म भए । राम्रो कामले राम्रै प्रतिफल दिन्छ भनेझै उनले लेखेका र खेलेका नाटक सिरियल सिनेमाले राम्रै संख्यामा अवार्ड र पुरस्कार पनि पाए ।यस्तै अवार्डकै सिलसिलामा उनी युरुप र अमेरिका धेरै ठाउमा समेत घुमिसकेका छन् ।
प्रेम बिवाह गरेका रमेश दाईको दुई छोरिहरु समेत रहेका छन् ।एक छोरी र श्रीमती जापानमा र एक छोरी अमेरिकामा बस्दै आएका छन् ।४० बर्ष देखि दिनरात कलाकारिता क्षेत्रमानै लागिपरेका रमेश दाईको यो कथा आज तपाईहरु समक्ष पेश गर्दछौ ।
हेर्नुस् भिडियो सामाग्री