सडकबाट एक सय मिटर तल खस्यो जिप

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४-००१ ज १३७२ नम्बरको जिप शनिबार बिहान साढे ५ बजे बैतडीको पाटन–६ स्थित खिपालीमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) बलराम पाण्डेयका अनुसार जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो।दुर्घटनामा परी जिपचालक डिलासैनी गाउँपालिका–१ का २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको हो।जिपमा सवार अन्य ६ जना घाइते भएका छन्।

डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी घाइते भएका इन्स्पेक्टर पाण्डेयले बताए।

घाइते राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीय उद्धारमा खटिएका थिए। जिप सडकबाट करिब १०० मिटर तल भिरमा अड्किएको छ।दुर्घटनाको कारण खुल्न सकेको छैन। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post