सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ ।
शनिबार शल्यक्रिया मार्फत नवजात शिशु (छोरा) लाई जन्म दिएकी भजनी नगरपालिका–२ को रजबाराकी ३० वर्षीया चाँदनीदेवी डगौराको सोमबार दिउँसो मृत्यु भएको होमृतककी देउरानी नाता पर्ने नैनादेवी चौधरीले चिकित्सकको लापरबाहीले प्रसुती भएको तेस्रो दिनमै डगौराको मृत्यु भएको बताइन् ।
उनले सुरुमा शल्यक्रियाका लागि भन्दै पेटको एउटा भागमा चिरेको तर शिशु ननिस्किएपछि फेरि अर्काे ठाउँमा चिरेर निकालिएको बताइन् । पाठेघरमा रगत जमेको भन्दै तेस्रो पटकको शल्यक्रियामा पाठेघर नै झिकेर फालिएको उनी बताउँछिन्ठे
घर निकालेर फाल्दा समेत रक्तश्राव नरोकिएपछि १७ पिन्ट रगत चढाउदा समेत डगौरालाई बचाउन नसकिएको परिवारको भनाइ छ ।
उनीहरूले शल्यक्रिया र उपचारमा गम्भीर लापरबाही भएको भन्दै सम्बन्धित चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।आमाको मृत्यु भएपनि शिशुको अवस्था समान्य रहेको छ ।
अस्पतालले भने सुत्केरीको मृत्यु भएको विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन् । सूचना अधिकारी किशोर श्रेष्ठले यो विषयमा बुझेर मात्र धारण व्यक्त गर्ने बताए ।