कठै ! दुबै खुट्टा छैनन् ,यति मीठो दोहोरि गाउछिन् (हेर्नुस् भिडियो )

जन्मिएको सात महिनामा नै दुबै खुट्टा गुमाएकि २३ बर्षिय मनिषा परियारको कथा । अर्घाखाँचीकि २३ बर्षिय मनिषा परियार जन्मिएक सात महिनामानै आगोमा परिन र दुबै खुट्टा गुमाइन ।

११ बर्षको उमेरसम्म उनी आफ्नो घर अर्घाखाँचीमा नै बसिन , पहाडको बाटो हिड्न एकदै गाह्राे भएपछि उनी अहिले कपिलवस्तुको इमिलियामा बस्दै आएकि छिन् ।आजभन्दा तीन बर्ष अगाडि उनले डेढ लाख रुपैया ऋण खोजेर कृतिम खुट्टा हालिन त्यो खुटणटा हालेको पैसा अहिलेसम्म पनि उनले तिर्न सकेकि छैनन् ।त्यहि ऋण लिएको पैसा तिर्न उनले इमिलियाको हाट बजारमा कपडा बेच्दै आएकि छिन् ।दिनको करिब ४००-५०० मात्रै कमाइ हुन्छ त्यो पैसाले ऋण तिर्ने कि घर चलाउने ।

उनको सपना छ गायिका बन्ने उनले गित पनि उतिकै मीठो गाउछिन् । आफुसगैका साथिहरु हिडेको देख्दा आफुलाई बिझाउने गरेको र दुबै खुट्टा नहुदा पनि आफै सबै काम गर्दै आएको ताकि अशक्त भएर केही गर्न सक्दिन खान्छे बस्छे मात्रै भन्नेहरुले त्यशो भन्ने मौका नपाउन र आफू कसैको बोझ बन्न नचाहेको उनी बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post