रातभर मुर्दाघरमा राखेको महिला बिहान जिउँदै बाहिर निस्केपछि…

मृतक घोषणा गरेको व्यक्तिलाई कसैले जिउदै देख्दा कस्तो महसुस गरिन्छ त्यो सोच्न पनि सकिदैन । तर, रुसमा डाक्टरहरुले मृतक घोषणा गरेकी एक महिला मुर्दाघरबाट जिउदै बाहिर निस्केकी छिन् ।

वास्तवमा मृत घोषणा गरेर ८१ वर्षीया महिलालाई चिकित्सकहरुले मुर्दाघरमा राखेका थिए । तर, भोली पल्ट बिहान महिलाका परिवार शव लिन मुर्दाघरमा जाँदा सबै दंग भए । रातभर मुर्दाघरमा बसेर उनी बिहान जिउँदै बाहिर निस्केकी थिइन् ।

डेली रिपोर्टको अनुसार महिलाको नाम जिनैदा कोनोनोवा हो । जिनैदा पछिल्लो केही दिनबाट रुसको गोरशेचेन्स्कीको सेन्टर डिस्ट्रिक हस्पिटलमा उपचाररत थिइन् । १४ अगष्टमा उनको सर्जरी भएपछि उनलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

म’रेको भन्दै अस्पतालले रातको १ बजे जिनैदालाई मुर्दाघरमा राखेको थियो । तर, भोलीपल्ट बिहान उनलाई जिउदै देखेर अस्पतालका कर्मचारी पनि आत्तिएका थिए ।

अस्पतालको लापरबाहीले नराम्रो घटना भएको भन्दै प्रमुख डाक्टर निलम्बनमा परेका छन् । यसको साथै जिनैदाका परिवारले पनि प्रहरीकोमा उजुरी दिएको छ ।

Post a Comment

Previous Post Next Post