बसभित्र एक महिला मृत फेला

धरान – बुधबार दिउँसो धनकुटामा गुडिरहेको बसभित्र महिला मृत फेला परेकी छन् । भोजपुरबाट धरान आउदै गरेको प्र.१–०२–००१ ख ८१०७ नम्बरको बसमा सवार भोजपुरको अरुण गाउँपालिका–५ घर भएकी ३५ बर्षीया कमला भुजेल श्रेष्ठ बसभित्रै मृत अवस्थामा भेटिएपछि हुन् ।

भोजपुर घर भएकी उनी श्रीमानसहित धरान बस्दै आएकी थिइन् ।अरुण गाउँपालिका–५ स्थित माइतीघर गएर धरान फर्कने क्रममा घटना भएको हो । भोजपुरबाट उनी बिहान करिब ११ बजे भोजपुरको जरायोटारबाट तीन बर्षीया छोरीलाई साथमा लिएर बस चढेकी थिइन् । आमाको मृत्यु भएपछि बसमा सँगै रहेकी नावालिका छोरीको विचल्ली भएको छ ।बु

धबार दिउँसो करिब ३ः३० बजे धनकुटाको पात्लेखोला नजिक आइपुग्दा बसभित्रै उनी मृत अवस्थामा भेटिएकी हुन् । सिटमा घोप्टो परेको र अचेत अवस्थामा देखेको भन्दै बसका चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसपश्चात तत्काल जिल्ला अस्पताल लगिएकाे भएपनि डाक्टरले उनलाई मृत घोषित गरेका थिए । जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माका अनुसार अस्पताल ल्याउँनु अघि नै उनको मृत्यु भइसकेको थियो । उनको मृत्युको कारण खुलेको छैन ।यो खबर पुर्बेली न्युजमा छ

Post a Comment

Previous Post Next Post