न्या’य खोज्न नेपालगञ्जदेखि काठमाडौंसम्म २० दिनको पैदल यात्रा

काठमाडौं । २८ वर्षीय माताप्रसाद धोबी राम्ररी बोल्न सक्ने अवस्थामा छैनन् । २२ दिनको धपेडीले उनी निकै गलेका छन् । उनीसँगै आएका अन्य १३ महिला र दुई पुरुषको हालत पनि उस्तै छ ।नेपालगञ्जबाट २० दिन पैदल हिँडेर काठमाडौं आएको यो टोलीले काठमाडौंमा बाससमेत पाएको छैन । धूलाम्ये शरीर र खाली गोडामै काठमाडौंका सडकमा हिँडिरहेका छन् उनीहरू । 

थकित शरीर लिएर माइतीघरको चर्को घाममा यो टोली न्या’य’का लागि धर्ना बसिरहेको छ । ‘पानीमा भिजेर बाटोमै बिरामी परेका छौं’ माताप्रसाद धोबीले भने, ‘तर हिम्मत नहारी काठमाडौंसम्म आइपुगेका छौं ।

यहाँबाट पनि काम भएन भने हाम्रो जाने ठाउँ छैन ।’ यो टोलीमा चारजना किशोरी पनि छन् । जसको स्वास्थ्य अवस्था निकै बिग्रिएको छ । बाटोमै म’हिना’वा’री हुँदासमेत आराम गर्न नपाएका यी किशोरी ध’र्ना बस्न माइतीघर आउँदा त्यहीँको सडकपेटीमा निदाए । अन्य महिलाको पीच सडकमा अनवरत हिँड्दा फुटेको पैताला सुन्निएको छ । कोहीको खुट्टाको औला रगडिएर बनेको आलो घाउ छ ।

२० दिनको पैदल यात्राले गर्दा गोडामा परेको फोका ।‘हामी त जसोतसो हिँडेका छौं तर बहिनीहरूलाई धेरै गाह्रो भएको छ’ न्यायको लागि लडिरहेकी स्थानीय सकिना तेलीले भनिन्, ‘खानेबस्ने ठाउँको टुंगो नहुँदा स्वास्थ्य बिग्रिएको छ । उपचार गर्न जाउँ भने चिनेजानेको छैन ।’ समूहबाट छुट्टिँदा गाह्रो हुने भएकाले सबैजना सँगै बसिरहेको सकिना बताउँछिन् ।

यो टोली नेपालगञ्जदेखि जिउज्यानको जो’खि’म उठाउँदै काठमाडौं आउनुको पूर्वकथा निकै पी’डा’दायी छ । घरेलु’ हिं’ सा’पी’डित महिला नकुन्नी धोबीको ह’ त्या र निर्मला कुर्मी बेपत्ता बनाउनेलाई का’रबाही’को माग गर्दै उनीहरू काठमाडौंसम्म आएका हुन् । गत साउन ५ गते नकुन्नीको घरमै ह’त्या भएको थियो भने एकल महिला निर्मला कुर्मी अघिल्लो वर्ष बेपत्ता भएकी थिइन् ।

दुवै घटनाको जाहेरी दिएपनि प्रहरी, जिल्ला प्रशासन कार्यालय र सरकारी वकिल कार्यालयले नलिएको पीडितहरू बताउँछन् । १९ दिनसम्म जिल्ला प्रशासन कार्यालयको गेटबाहिर ध’र्ना बसे पनि जाहेरी लिइएन । त्यसपछि उनीहरु काठमाडौं आएका हुन् । ‘गाउँको सरकारले नसुनेकाले काठमाडौं आएका हौं । यहाँ पनि हाम्रो कुरा सुन्न कोही मानिरहेको छैन’, माइतीघरको धुलाम्मे भुइँमा सुतिरहेकीले विष्टा धोबीले बताइन् ।

साउनदेखि न्यायको लडाइँमा होमिएका उनीहरूको पीडा शब्दमा उतार्न गाह्रो छ । राजमार्ग छेउछाउमा खाना र पानीको राहत मिलेपनि काठमाडौंमा उनीहरूले पानी पाउनसमेत गाह्रो छ । सबैका जुत्ता–चप्पल फाटेर लगाउन नमिल्ने भइसकेको छ । यही अवस्थालाई ख्याल राखी बहृत् नागरिक आन्दोलन तथा अधिकारकर्मीहरूले उनीहरूलाई माइतिघरमा पाल टाँगेर बस्न सहज हुने व्यवस्था गरिरहेको छ ।

उनीहरूको न्यायका लागि एक्येबद्धता जनाउँदै शुक्रबार अभियन्ताहरू माइतीघर पुगेर प्रदर्शनसमेत गरे । अभियन्ता तथा सञ्चारकर्मीसँग कुरा गर्दा निकै भक्का’निएका पी’डितह’रू काठमाडौंले न्या’य दिने आशमा छन् ।

Post a Comment

Previous Post Next Post