गोरखाका सुरज गैरे करिव ६ वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका थिए । दुई वर्ष अघि नेपाल आएता पनि उनी नेपाला आए पछि भने अहिलेसम्म सम्पर्क बिहिन छन ।
मलेसियामा हुदाँ नियमित सम्पर्कमा रहेर घर खर्च पनि सधैँ पठाइ रहने सुरज नेपाल आउन लागेको जानकारी परिवारलाई दिएका थिए । नेपाल आइपुगे पछि पनि नेपालको एयरपोर्टमा झरी सकेको भनी सम्पर्क गरेका थिए
नेपाल आइ सके पछि पनि सम्पर्कमा रहेका उनी त्यसपछी भने एक्कासी सम्पर्क बिहिन किन भए ? कसैलाई थाहा छैन । सुरजले आफू नेपाल झरी सकेको भनेर सम्पर्क गरेको पनि आज दुई वर्ष बिति सकेको छ । तर उनी आजसम्म घर पुगेका छैनन । कहाँ छन त्यो पनि परिवारलाई अत्तोपत्तो छैन । सुरज मलेसियामै हुदाँ श्रीमतिसगँ भने उनको खासै राम्रो सम्बन्ध नभएको बुझिएको छ । सुरजकी आमाका अनुसार पहिलेसम्म राम्रै थियो । तर पछि के भयो आफुलाई थाहा नभएको उनले बताईन ।
दशै, तिहार जस्ता चाडपर्वमा दाजुलाई सम्झिर रु’दैँ बित्ने गरेको सुरजकी बहिनी बताउँछिन । सानैमा बाबा बि’तेपछी दाजुले नै आफुहरुलाई हुर्काइ बढाइ गर्न आमालाई धेरै सहयोग गरेको उनले बताईन ।
त्यो बेला नै दाइ नभएको भए आज आफुहरु पनि कुन हा’लतमा हुन्थेँउ कि हामी नज हुदैँ’नथियौ भन्ने लागेको उनि बताउँछिन । छोरा जहाँ भए पनि एक चोटि फोन गरेर यहाँ छु, यसरी बसेको छु मात्र भनिदिए पनि आफुलाई यति धेरै पि’र नलाग्ने थियो कि भन्ने लागेको सुरजकी आमाले बताईन ।
(भिडियो हेर्नुस)