माइजू-भान्जा काण्ड: भान्जाले श्रीमती भगाएपछि भारतमा यस्ताे अवस्थामा भेटे श्रीमती, नालीबेली यस्ताे (भिडियो सहित)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला इन्टरनेटमा के हो ‘कुकिज’ ? यसबाट साइबर आक्रमण हुन सक्ला ?काठमाडौं । इन्टरनेट र डिजिटल प्रविधिकाे प्रयोगसँगै साइबर अपराधका विभिन्न स्वरूप देखापर्न थालेका छन् ।

विश्वको आधाभन्दा बढी जनसंख्या अनलाइनमा जोडिएको आजको यो दुनियाँमा साइबर आक्रमण सबैभन्दा ठूलो चुनौती बनिरहेको छ ।व्यक्ति तथा संस्थाको अनलाइन अकाउन्टमा अनधिकृत पहुँच पुर्‍याई गोप्य डेटा चोर्ने, आर्थिक नोक्सानी पार्ने लगायतका घटना दिनहुँ भइरहेका छन् । यस्तोमा इन्टरनेटसँग सम्बन्धित ‘कुकिज’ धेरैले सुनेको हुनुपर्छ । आज हामी त्यही कुकिजको विषयमा चर्चा गर्दै छौं । कुकिज (Cookies) के हो?कुनै वेबसाइट ब्राउज गर्दा उक्त वेब सर्भरले प्रयोगकर्ताको डिभाइस वा वेब ब्राउजरमा राख्ने सानो टेक्स्ट फाइल/डेटालाई कुकिज (Cookies orInternet Cookies) भनिन्छ ।

यो मुख्यत: इन्टरनेट प्रयोगकर्ताको युजरनेम, आईडी, ईमेल, प्रिफ्रेन्स जस्ता विवरणहरु सेभ गरी राम्रो इन्टरनेट अनुभूतिका लागि प्रयोग गरिन्छ । यसलाई सेसन म्यानेजमेन्ट, पर्शनलाइजेशन र ट्रयाकिङ (User/Device) गर्ने प्रयोजनको लागि प्रयोग गरिन्छ । कुकिज मुख्यतः निम्न प्रकारका हुन्छन् – सेसन कुकिज, पर्सिस्टेन्ट कुकिज, थर्डपार्टी कुकिज, सुपर कुकिज र जोम्बिया कुकिज ।

कुकिज (Cookies) ले कसरी काम गर्छ ?कुनै वेबसाइट पहिलो पटक ब्राउज/भिजिट(Browse/Visit) गर्दा प्रयोगकर्ताको कम्प्युटरमा उक्त वेबसाइटबाट प्रयोगकर्ताको अनुमति लिई वा नलिई कुकिज डाउनलोड/सेभ भएर बस्छ । अर्को पटक उक्त वेबसाइट ब्राउज/भिजिट गर्दा सेभ भएर बसेका कुकिज (Unique ID) मार्फत प्रयोगकर्ताको विवरण सर्भरले सजिलै प्राप्त गरी इन्टरनेट प्रयोगको अनुभुति बढाउन मद्दत गर्छ ।

Post a Comment

Previous Post Next Post