एजेन्सी । कहिले काँही जीवनमा नसोचेको घटना हुन्छ । एक १५ वर्षकी किशोरीको जीवनमा पनि त्यस्तै घटना भएको छ । भारत महाराष्ट्रको पुणेमा शुक्रवार पेठमा एक १५ वर्षीया किशोरी भवनको छतमा कपाल सुकाउ लागेकी थिइन् । तर अचानक उनी चिप्लिइन् ।
तर उनको भाग्य बलियो रहेछ । भवनको चौथो तलाको झ्यालमा अ ड् किएन् ।किशोरी झ्यालको ढोकामा केहि सेन्टीमिटरको चौडाइमा उचिएकी थिइन् । यो सबै देखेर भवनमो तल जम्मा भएका मानिसहरु र डराए । उनलाई बचाउन सबै दौडिए ।
भवनमा उपस्थित मानिसहरुले छतबाट साडी खसाले र युवतीलाई माथि उठाउन खोजे, तर केटी डरले साडी समात्न सकेनन्। त्यसपछि युवतीको उद्धारका लागि दमकल बोलाइएको थियो। अ ग्नि नियन्त्रकहरूले सबैभन्दा पहिले त्यो ठाउँमा पुग्न कोसिस गरे जहाँ युवती सीढीको सहयोगमा फ से की थिइन्। सीढी चौथो तलाको झ्यालमा पुग्न सकेन। त्यसपछि दुई अग्नि नियन्त्रक सचिन माण्डवकर र कैलास पायगुडे पाँच तले भवनको छतमा गए र उनीहरुको कम्मरमा रस्सी बाँ धे र चौथो तलामा ओर्लिए।त्यसपछि दुवैले केटीको कम्मरमा डोरी बाँ धे र सुरक्षित रुपमा सीढीहरु बाट तल लैजाने। यसरी पुणे फा य र ब्रिगेडले चौथो तलामा फ से की युवतीलाई बचायो। अग्नि नियन्त्रकहरुको यो साहसलाई सबैले सलाम गरिरहेका छन्। दुबै अ ग्नि नियन्त्रकले ती बालिकाको ज्यान बचाए।