काठमाण्डाै / राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाज मार्फत मलेसियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याइएको छ ।
मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाएका अभिभावकको श”व जहाजले शनिबार ल्याइदिएपछि त्रिभुवन विमानस्थलमा भावविह्वल भएका साना नानी बाबुसहित एक परिवार ! निगमको वाइड बडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकै पटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा ज्यान गुमाएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।