काठमाण्डौ : पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका नजिकिदै गर्दा थुप्रै नया तिज गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ। बिस्वनै त्रासित भएको यो विसम परिस्थितिको वावजुत पनि नेपालि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम तीजका गितहरु सार्बजनिक गर्दै आयका छन्।
यसै बिच लोकप्रिय गायक सुर्य खड्का र सम्झना भण्डारीको आवाज रहेको नयाँ गीत चाँदी बटन छोटो समयमै चर्चा कमाउन सफल भएको छ ।
गीत सार्वजनिक भएको एक दिनमै एक लाख भन्दा धेरै दर्शक बनाउँदै उत्कृष्टको सूचिमा आएको हो । अर्जुन सुवेदीको उत्कृष्ट र समसामयिक शब्द चयनमा बनेको गीतलाई गायक खड्कालेनै लय भरेका छन । शंकर विसीले निर्देशन गरेको सो गीतमा निक्स शर्मा र अञ्जली अधिकारीको नृत्य रहेको छ ।
गीतको सम्पुर्ण पक्ष निकै दमदार रहेको छ । गीत सार्वजनिक भएपछि सबैले राम्रो प्रतिक्रिया दिइरहेको गायक सुर्य खड्काले जानकारी दिनु भयो । गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला