भंगेरी चरी गितकी गायिका रिना केसीले छोरीको जन्मदिन पारेर सार्वजनिक गरिन् मार्मिक तीज गित ‘आमा’ (भिडियोसहित)


पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका नजिकिदै गर्दा थुप्रै नया तिज गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ। बिस्वनै त्रासित भएको यो विसम परिस्थितिको वावजुत पनि नेपालि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम तीजका गितहरु सार्बजनिक गर्दै आयका छन्।

यसै बिच आज बहु चर्चित गायीका रिना केसीकी छोरी खुसी केसीको जन्म दिन । छोरीको जन्मदिन पारेर रिना केसीले गाएको तीज गीत ‘मेरी आमा’ बजारमा आएको छ । गायीका केसीकै युट्यूब च्यानलबाट गीत सार्वजनिक भएको हो । बिदेशमा रहेकी छोरी तीजमा माईत आउन नपाउँदा आमालाई सम्झेर भाबुक भएको बिषयबस्तु गीतमा देख्न सकिन्छ ।

गीतको शब्द अर्जुन सुबेदीले लेखेका हुन् भने लय केशब सुबेदीले बनाएका हुन् । बर्षा क्षेत्रीको अभिनय देखिने भिडियोको निर्देशक होम गुरुङले गरेका छन् भने गणेश सापकोटाको छायंकन तथा सुबास अम्गाईको सम्पादन गीतमा रहेको छ ।

खुसी केसीलाई जन्मदिनको लाखौं शुभकामना ,गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित !

गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post