
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।”
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दु महिलाको चाड हरितालिका तीज, दर र ब्रतका लागि मात्र हैन गीत संगीतका लागि पनि प्रख्यात छ। तीजकै लागि भनेर नेपाली लोक गायक गायिकाले वर्षै पिच्छे नयाँ-नयाँ तीज गीत गाउने गरेका छन्। ती मध्ये केहीले राम्रै बजार पाउँछन् भने केही चाहिँ बजारमा निस्किन नपाउँदै मर्छन्।”
यसै बीच लोकप्रिय गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रीको समुधुर स्वरमा नयाँ तीजगीत बजारमा आएको छ।गायक चलाउनेको युट्युव च्यानलबाट ‘थोपडाले धोका दियो बरिलै’ बोलको गीत सार्वजनिक गरेका हुन्। रामु पोर्तेलले रचना गरेका उक्त गीतका शब्दमा गायक चलाउनले संगीत भरेका छन्।”
त्यसैगरी, उक्त गीतको भिडियोमा करिश्मा ढकाल र गायक चलाउनेको नृत्य तथा अभिनय रहेको छ। प्रकाश भट्टको निर्देशनमा बनेको भिडयो नवराज उप्रेतीले खिचेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका छन्। भिडियोको कोरियोग्राफी निर्देशक भट्टले नै गरेका छन्। गीतको भिडियो साइ भिजन प्राइभेट लिमिटेडले निर्माण गरेको हो।
भिडियो हेर्नुहोस् :