यति सानो दुई महिने बच्चा यसरि रुदै भोकभोकै ,कठै (हेर्नुस् भिडियो)


गुल्मी जिल्लाको गुल्मिदरबार गाउपालिका जहाँ एक आमा बस्नुहुन्छ अनि आमाका तीन छोराछोरी ।आमाले श्रिमान गुमाए सरह नै भएको छ किनकि श्रिमानले सौता हालेर अन्यत्र बस्दै आएका छन्। अनि आफुले पनि छोराछोरीको लागि भनेर काम गर्न नसक्नु ,शारीरिक कमजोरिले गर्दा ,यो पीडा यो परिवारलाई भन्दा बढि कस्लाई थाहा होलार ।

घरको मुल स्तम्ब अभिभावक पीता नै नहुनुले जसरि घरको खाबो झिक्दा खेर घरको स्थिति हुन्छ त्यस्तै नै पिता नहुदा यो परिवारको स्थिति भएको छ ।आफुले नत राम्रो लाउन दिने नत खान दिने नत पढाउननै सक्ने नत कामै गर्ननै ,यस्तो अवस्था भइरहदा मेरा छोराछोरीलाई लगेर कसैले पढाइदिएपनि हुने भन्दै आमा गुनासो गर्नुहुन्छ ।

दुईहात फिजाउन कस्लाई रहर हुन्छ र तर कहिलेकाही बाध्यताले यसरी घाँटी नि`चोर्छ कि जुनलाई सहनुबाहेक बिकल्पनै नहुदो रहेछ ।अझ अहिले त दुई महिनाको सुत्केरि भैरहदा आफुले पौष्टिक आहारा खानुपर्नेमा आफू र भर्खरै जन्मिएको बच्चा र आफ्ना छोराछोरी सबै भोकभोकै बस्नु पर्ने बाध्यता छ ।

आउने बाटो केही पनि नहुनु र आर्थिक अवस्था पनि निकै नै कमजोर भएको उक्त परिवार अहिले रोएरै आफ्नो दिनहरु बेथित गराइरहेका छन् ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post