श्रीमानले सौता ल्याएपछि सहन नसकेर हिडेकी बुढीआमा अरुको घरको जुठा भाडा माझ्दै (हेर्नुस् भिडियो)

भुमा क्षेत्री जो गुल्मि रुपकोट स्थित बस्दै आएकि छिन् ।उमेरको हिसाबमा ६० नाघिसकेकि आमा निकै समयदेखि एक्लै बस्दै आएकि छिन् ।आफ्नो श्रिमानले सौता ल्याएपछि आमाले घर छोड्नु भयो र उहाले घर छोडेर अलगै एक्लै बस्दै आएको पनि ३०-३५ बर्ष भैसकेको छ ।

आमाले आफ्नो उमेरको ख्याल नै गर्नेसम्म समय पाउनुभएन ।आर्थिक अवस्था बिल्कुलै शून्य र आउने बाटो केही कतै पनि नभएपछि आमाले आफ्नो शरिरले थेगुन्जेल ज्यामी काम गर्नुभयो र अहिले शरिरले साथ दिन छोडे पछि उहाले अरुको घरमा जुठा भाडाहरु माझ्दै आउनुभयो ।

आमा बस्दै आएको कोठा भाडा नै ५ हजार छ र आमाले महिनाभरि अरुको जुठा भाडा माझेर कमाउने पैसा पनि त्यति पाचै हजार हो ,कमाको जति सबै पैसा भाडामै जान्छ अनि खाने कसरी लाउने कसरी अझ कहिले काहीँ दुख बिमार परिएला केले उपचार गर्नु ,कठै आमालाई अहिले हदसम्मको पिढा छ ।अझ लकडाउनले गर्दा कामै नपाउदा आमा भोकभोकै बस्न पनि बाध्य हुनुभयो ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post