लोकप्रिय कलाकार सारिका केसी भेटिइन सेतो सारीमा (हेर्नुहोस् भिडियो)

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका हुन् सारिका केसी। वियोगान्त गीतमा अब्बल अभिनय गर्न सक्ने “क्वीन एक्ट्रेस”को रुपमा चिनिने सारिका अभिनित हजारौं म्युजिक भिडियो बजारमा छन् । जसमध्ये अधिकांश म्युजिक भिडियो दर्शकले अत्याधिक रुचाएका छन् ।

यसैबीच, सारिका अभिनित एउटा नयाँ भिडियो रिलिज भएको छ। लेकसाइड टिभीको अफिसियल युटुब च्यानलबाट शनिबार रिलिज उक्त भिडियोमा सारिकाको जीवन्त अभिनय रहेको छ। यस् म्युजिक भिडियोमा समाबेश गीतमा लोकप्रिय गायिका समीक्षा अधिकारी र धन बहादुर बिकको सुमधुर आवाज रहेको छ।

गीतको अडियोले सुन्ने जोकोहीको मन छुन्छ। धन बहादुर बिकको शब्द अनि संगीत रहेको छ गीतमा। गीतको अडियोसंग भिडियो पनि उत्कृष्ट बनेको छ।सारिकाका अलवा धन बहादुर बिकको पनि भिडियोमा अभिनय देख्न सकिन्छ। गीतको भाव अनुसार भिडियो बनाइएको छ। भिडियोलाई दिपक भट्टराईले निर्देशन गरेका छन् ।

वैवाहिक जीवनमा बाँधिएको छोटो समयमै आफ्नो श्रीमान गुमाउनु पर्दा एउटा नव विवाहित नारीले भोग्नुपर्ने पिडालाई भिडियोमा उत्कृष्ट तरिकाले देखाइएको छ। भिडियोलाई दिपक गिरीले खिचेक्स्स हुन् भने रोहित मल्ल ठकुरी र मीन रावलले सम्पादन गरेका हुन् । हेर्नुस् भिडियो…

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post