यस्ता महिलालाई हुन्छ पाठेघर क्यान्सरको उच्च जोखिम, यी संकेतलाई नगर्नुहोस् वेवास्ता

काठमाडौँ । पछिल्लो समय महिलामा गर्भाशयको समस्या तिब्र रुपमा बढिरहेको छ।

गर्भाशयको क्यान्सर आजभोलि आम समस्या बनेको छ।
समयमै पाठेघर अर्थात गर्भाशयको क्यान्सरको लक्षण थाहा पाए उपचार सम्भव हुने चिकित्सक बताउँछन्।

आज हामी तपाईलाई गर्भाशयको क्यान्सरका लक्षणका बारेमा जानकारी दिदैछौँ।

आउनुहोस् जानौँ कुन-कुन हुन् पाठेघरका शुरुवाती लक्षण ?

महिनावारी असामान्य हुनु । साथसाथै कम वा धेरै रक्तश्राव हुनु ।
तल्लो पेट तथा ढाडको तल्लो भागमा पीडा महशुस हुन पनि पाठेघर क्यान्सरको शुरुवाती लक्षण हो।

महिलालाई छिन्छिन्मा पिसाब लाग्नु वा नियन्त्रण गर्न मुस्किल हुनु पनि गर्भाशय क्यान्सरको संकेत हुनसक्छ।

सम्भोगका समयमा असामान्य पीडा हुनुलाई पनि सामान्य रुपमा लिनु हुँदैन्। यो पनि पाठेघर क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ।
पेट फुलिएको महशुस हुनु वा पेट दुख्नु पनि गर्भाशय क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ।

यदी पटक पटक कब्जितको समस्या देखियो भने पनि डाक्टरको सल्लाह लिन जरुरी छ। पटक पटक कब्जितको समस्या हुनु पनि पाठेघरको क्यान्सरको लक्षण हुनसक्छ।

बिना कुनै परीश्रमका बावजुत पनि थकान हुनु वा पसिना आउनु पनि पाठेघर क्यान्सरको शुरुवाती लक्षण हुनसक्छ।

पटक पटक गर्भवात हुनु पनि पाठेघरको क्यान्सरको लक्षण हुनसक्छ। यस्तो समस्यालाई समान्य रुपमा लिन हुँदैन्।

विशेषज्ञ डाक्टरका अनुसार यस बिरामीको एकदम सटिक कारण बताउन भने निकै गाह्रो छ। यसको मुख्य कारण त महिनावारीका समयमा सरसफाइदा ध्यान नदिनु हो।

महिनावारीका समयमा कयौँ महिलाले सेनेटरी प्याडलाई लामो समयसम्म प्रयोग गर्ने गर्छन्। जबकी ६ घण्टा वा ६ घण्टा पहिले नै प्याड परिवर्तन गर्न आवश्यक छ।

जो महिलाले गर्भनिरोध औषधिको अधिक प्रयोग गरेका छन्, उनीहरुलाई गर्भाशयको क्यान्सरको खतरा उच्च हुने गर्छ।

कयौँ व्यक्तिसँग शारिरीक सम्बन्ध बनाउने महिलामा पनि पाठेघरको क्यान्सर हुने खतरा अधिक हुन्छ।

सानै उमेरमा विवाह गरेका वा पटक पटक गर्भधारण गर्ने महिलामा पनि पाठेघरको क्यान्सर हुने सम्भावना अधिक रहन्छ।डाक्टरको सल्लाहमा भ्याक्सिनको प्रयोग गर्नुहोस्। शरीरमा कुनै परीवर्तन देखिए भने तुरुन्त चिकित्सकको सल्लाह लिनुहोस्। आफ्नो जीवनशैलीमा सुधार गर्नुहोस् र अस्वस्थकर खानेकुरा खानबाट बच्नुहोस्।हरेक दिन योगा तथा एक्सरसाइज गर्नुहोस्।

क्यान्सरबाट बच्न के गर्ने ?

सामान्य लक्षणलाई वेवास्ता नगर्नुहोस्। बेला बेलामा डाक्टरको सल्लाह लिन आवश्यक हुन्छ। आजभोलि यसबाट बच्न भ्याक्सिन पनि उपलब्ध छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post